काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान

आश्विन १७, २०८१ | काठमाडौं

काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय युवा टोली श्रीलंका गएको छ । १२ खेलाडीसहित १७ सदस्सीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

च्याम्पियनसिप आगामी आइतबारदेखि असोज २६ गतेसम्म कोलम्बोमा हुनेछ । झन्डै डेढ महिनाको प्रशिक्षणपछि टोली श्रीलंका गएको हो ।

नेपालको कप्तानी अर्जुन नेपालीले सम्हाल्ने छन् । केहि महिनाअघि काठमाडौंमा भएको यू–१९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो ।

च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उज्वेकिस्तान सहभागी हुनेछन् ।  


प्रतिक्रिया