थ्री स्टार आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

माघ २७, २०८१ | काठमाडौं

थ्री स्टार क्लब आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेहको हो ।

पोखरा रंगशालामा भएको खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

पाँच पटकको विजेता थ्री स्टरले अब सेमिफाइनलमा दुई विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भारतको थन्डर बोल्ड नर्थ युनाइटेड फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोली हुने तेस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । 

३ विदेशीसहित १२ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी फागुन ३ मा हुनेछ । 


प्रतिक्रिया