नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

माघ २७, २०८१ | काठमाडौं

नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ ।

 चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा आगामी शनिवार मैत्रीपूर्ण खेल हुन लागेको हो । 

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रमुख प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी हाल बन्द प्रशिक्षणमा छन् । मैत्रीपूर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया