च्याम्पियन्स ट्रफिको उपाधिका लागि न्यूजील्याण्ड र भारतबीच प्रतिस्पर्धा हुँदै

फाल्गुन २५, २०८१ | काठमाडौं

मिनि विश्वपका रुपमा परिचित च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि आज न्यूजील्याण्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको उपाधि भिडन्त नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट यूएईमा हुनेछ । प्रतियोगिता पाकिस्तानले आयोजना गरेपनि भारतीय टोलीले पाकिस्तान भ्रमण नगर्ने जनाएपछि उसले अफ्ना सम्पूर्ण खेलहरु युएईमा खेलिरहेको छ । भारतले सेमिफाइनलमा अस्टे«लियालाई हराउँदै फाइनलमा पुगेको हो भने न्यूजील्याण्डले भने दक्षिण अफ्रिकामाथि जित हात पार्दै उपाधि नजिक पुगेको हो । 

जारी प्रतियोगितामा भारत अपराजित छ भने न्यूजील्याण्डले समूह चरणको खेलमा भारतसँगै हार ब्यहोरेको थियो । सन् १९९८ बाट सुरु च्याम्पियन्स ट्रफिको नवौं संस्करणसम्म आइपुग्दा अस्ट्रेलिया र भारतले समान २–२ पटक तथा दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इण्डिज, श्रीलङ्का र पाकिस्तानले समान १–१ पटक उपाधि जितेका छन् । आजको खेलमा भारतीय टोली रोहित शर्माको कप्तानीमा मैदान उत्रिनेछ भने न्यूजीलयाण्डको कप्तानी मिचेट स्यान्टनरले गर्नेछन् ।   


प्रतिक्रिया