म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

चैत्र १८, २०८१ | काठमाडौं

म्यानचेस्टर सिटी एफ ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भिटालिटी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली बर्नमाउथलाई २–१ गोलले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

पहिलो हाफमा एक गोलले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो । बर्नमाउथले खेलको २१ औं मिनेटमा इभानिल्सनको गोल मार्फत अग्रता लिएको थियो । 

खेलको ४९ औं मिनेटमा अर्लिङ हालान्डले सिटीका लागि बराबरी गोल फर्काए । उमर मार्मोसले खेलको ६३ औं मिनेटमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो । यो जितसँगै सिटीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ । 


प्रतिक्रिया