जुनमा हुने लिग टु का लागि प्रारम्भिक चरणमा ४८ खेलाडी छनोट

चैत्र १७, २०८१ | काठमाडौं

विश्वकप लिग टु अन्तर्गत आगामी जुन महिनामा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडीलाई समावेश गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आज प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

 क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरु सञ्चालन गरिने छ । आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्दैछ ।

 नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरु सञ्चालन गरिने क्यानले जनाएको छ । छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ ।


प्रतिक्रिया