एनएसएलमा बुटवल लुम्बिनी र झापा एफसीबीच गोलरहित बराबरी

चैत्र १७, २०८१ | काठमाडौं

काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग फुटबल अन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा गोलरहीत बराबरी गर्दै दुई टोलीले १–१ अङ्क बाँडेका छन् । 

यसअघि हिजो भएको उद्घाटन खेलमा समेत साबिक विजेता ललितपुर सिटी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए । जारी प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी एफसी गरी सात टोली सहभागि छन् ।

 प्रतियोगिताको पहिलो संस्करण सन् २०२१ मा भएको थियो भने दोस्रो संस्करणको आयोजना सन् २०२३ मा भएको थियो । 


प्रतिक्रिया