नेपाली युवा टोली अफगानिस्तानसँग लगातार दोस्रो खेलमा पराजित

चैत्र २४, २०८१ | काठमाडौं

आईसीसी यू–१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली टोली अफगानिस्तानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । 

आजको खेलमा नेपालमाथि अफगानिस्तानले एक रनको रोमाञ्चक जित निकाल्यो । यो जितसँगै तीन म्याचको एकदिवसीय सिरिज अफगानिस्तानले एक खेल अघि नै २–० ले जितेको छ । 

मुलपानी क्रिकेट मैदानमा १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम तीन बल खेल्न बाँकी छदा १ सय ६७ रनमा अलआउट भयो । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले १ सय ६८ रन बनाएको थियो । अफगानिस्तानसँगको पहिलो खेलमा नेपाल १ सय ३० रनले पराजित भएको थियो । दुई टोली बीच तेस्रो तथा अन्तिम खेल आगामी बुधबार हुनेछ ।


प्रतिक्रिया