बैशाख १० देखि १३ गतेसम्म राष्ट्रिय महिला भलिबल आयोजना हुने

चैत्र २४, २०८१ | काठमाडौं
राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को महिना आयोजना भएको हुनेछ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै ६ टोलीको सहभागितामा आगामी वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुने जानकारी दिएको छ । प्रतियोगितालाई विगतमा जस्तै केएनपी निरोलेकले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगितामा साविक एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ ।