देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले गरे आत्महत्या

आश्विन १, २०७७ | तिलोत्तमा

रुपन्देहीको देवदह नगरपालिका–३ सेमरानास्थित आदिवासी जनजाती भवनको क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । भदौ १७ गते भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका देवदह नगरपालिका–२५ वर्षीय पिताम्बर पाण्डेले बिहीबार बिहान साढे २ बजेतिर आत्महत्या गरेका हुन् ।

क्वारेन्टिनको रुपमा प्रयोग गरिएको भवनको छतमा जाने सिंढीमा रहेको छडमा झुण्डिएर आत्महत्या गरेको नगरपालिकाको सीआइसीडी संयोजक मेघनाथ न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार मृतकको आमा बिरामी रहेको र आर्थिक स्थिति कमजोर भएकाले मानसिक तनाव भई आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । 

बुधबार राति छतमा जाने, पानीमा रुझ्ने, तल झर्न नमान्ने जस्ता कृयाकलाप गरेको न्यौपानेले बताउनुभयो । घटना बारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतित सिंह राठौरले बताउनुभयो । 


प्रतिक्रिया