विदेश जानेका लागि ४ वटा अस्पतालबाट खोपको व्यवस्था

पुस १२, २०७८ | काठमाडौं

सरकारले विदेश जानेहरुका लागि विभिन्न ४ अस्पतालबाट खोपको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोपको व्यवस्थापन गरेको जनाएको छ । 

काठमाण्डौं उपत्यकाका वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिए जान पनि आग्रह गरेको छ । 


प्रतिक्रिया