बाँकेमा सर्पदंशका बिरामी बढ्दै

जेष्ठ २७, २०८० | बाँके

अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढेसँगै भेरी अस्पतालको राँझा र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको संख्या बढेको हो । पछिल्लो समय सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका चिकित्सक डा. कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

उहाँका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । एक महिनाको अवधिमा तीन जना गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा. आचार्यले बताउनुभयो । उहाँका अनुसार विशेष गरी करेट र कोब्राले टोकेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घन्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरिएको उहाँको भनाइ छ । 


प्रतिक्रिया