गण्डकीका ३८ एम्बुलेन्समा जीपीएस जडान

श्रावण २७, २०८० | कास्की

गण्डकी प्रदेशमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान गरिएको छ । प्रदेशमा संचालन रहेको एक सय २२ मध्ये ३८ वटा एम्बुलेन्समा जीपीएस जडान गरिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । 

एम्बुलेन्समा जीपीएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रुममा फोन गरेर आफ्नो नजिकमा रहेको एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन् । प्रदेशका सवै एम्बुलेन्समा जीपीएस जडान कार्य भइरहेको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा नै एम्बुलेन्समा जीपीएस जडान कार्य सुरु गरिएको थियो । 


प्रतिक्रिया