स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा सुरु

फाल्गुन १, २०८०

ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम मार्फत आजदेखि स्वास्थ्य सेवा सुरु गरेको छ । महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको संचालन र व्यवस्थापनमा स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिने महानगरले जनाएको छ । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन गर्दै नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यबाट महानगरबासीले उत्कृष्ट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको जानकारी गराउनुभयो । ललितपुर महानगरपालिका स्वास्थ्य बीमा सम्पर्क व्यक्ति दाताराम अधिकारीले यल स्वास्थ्य केन्द्रमा कर्मचारी र चिकित्सकसहित ५६ जनाको व्यवस्था भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया