उपसभामुखले राजिनामा दिएपछि मात्र उमेद्वारको चयन हुन्छ : प्रवक्ता नारायाणकाजी श्रेष्ठ

पुस १९, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 10 January 2020 | 25 Poush 2076

नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपसभामुख शीवमाया तुम्बाहाङफेले पदबाट राजिनामा दिएपछि मात्र सभामुख पदको उमेद्वारबारे निर्णायक छलफल गर्ने जनाएको छ । पछिल्ला दिनहरुमा सभामुखका बिषयमा अनौपचारिक छलफल भएपनि मार्ग प्रसस्त हुन नसकेकाले त्यसमा औपचारिक छलफल हुन नसकेको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले राजिनामा दिएर आए वर्तमान उपसभामुखका बिषयमा पनि छलफल खुला हुने उल्लेख गर्नुभयो । सभामुखका बिषयमा दुई अध्यक्षबिच विमती रहेको भन्दै आएका समाचार सत्य नभएको जिकिर गर्दै सचिवालय सदस्य समेत रहेका श्रेष्ठले सचिवालय र अन्य बैठकमा त्यो बिषय नै प्रबेश नभएको दाबी गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया