ईपीएलमा ठुला खेलाडी भित्रनेछन् : अमिर अख्तर

पुस १९, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 4 January 2020 | 19 Poush 2076

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको नयाँ संस्करणमा अन्तराष्ट्रिय क्रिकेटका ठुला खेलाडीको आगमन हुने आयोजकले जनाएको छ । चैत १ गतेबाट सुरु हुने लिगमा आउने विदेशी खेलाडी शीर्ष स्तरका हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक अमिर अख्तरले बताउनुभयो ।

रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले हासिम अम्ला, क्रिस गेल, लियाम प्लङकेट जस्ता नाम चलेका खेलाडी ल्याउने प्रत्यत्नमा आफुहरु रहेको बताउनुभयो । तर विदेशी खेलाडीको नाम तत्काल सार्बजनिक नगर्ने अख्तरको भनाई छ । नेपालको घरेलु क्रिकेटलाई एउटा स्तरमा पुर्याउनमात्र नभई नेपाल भ्रमण बर्षको सफलताका लागि पनि ठुलो लगानीमा चर्चित क्रिकेटरलाई नेपाल भित्र्याउन लागीएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया