नागरिकता विधेयकमा बिरोध गर्नुको कुनै तुक छैन : टिकाराम भट्टराई

असार ९, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 23 June 2020 | 9 Asar 2077

कानूनविद टिकाराम भट्टराईले नागरिकता संशोधन विधेयकमा बिरोध गर्नुको कुनै तुक नभएको बताउनुभएको छ । नेपाली पुरुषसंग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधानको कंग्रेस, समाजबादी र राजपाले बिरोध गरिरहेका बेला कानूनविद भट्टराईले मुलुकको भौगोलिक र राष्ट्रिय अवस्था हेरेर गरिएको निर्णय जायज भएको बताउनुभयो ।

विदेशी महिलालाई ७ वर्ष अगाडी आवासीय परिचयपत्र दिइने भएकाले कानूनी रुपमा झण्झट वेहोर्नु नपर्ने उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै कानूनविद् भट्टराईले राजनीतिक लाभ हानीका आधारमा नागरिकता विधेयकको बिरोध गर्न नहुने तर्क गर्नुभयो ।



प्रतिक्रिया