म बाहेक अरु सबैलाई कोरोना छ भन्ने सोचेर सुरक्षित हुनुहोस : डा. गौतम

श्रावण १०, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 25 July 2020 | 10 Shrawan 2077

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना माहामारीको जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन सम्पूर्णमा आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना माहामारीको अवस्था नियन्त्रणमा आईनसकेको भन्दै सुरक्षित रहन आग्रह गर्नुभएको हो । 

बिभिन्न सर्त कायमै राखी सरकारले लकडाउन खोलेको भएपनि आम नागरिकले त्यसलाई गलत ढंङगले बुझेकाले समस्या देखिएको उहााले बताउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै प्रबक्ता डा. गौतमले म बाहेक अरु सबैमा सक्रमण छ भन्ने सोचेर, सुरक्षाको निती अपनाउन आग्रह गर्नुभयो ।

लकडाउन खुकुलो पारेसंगै सक्रमणको जोखिम बढि भएको स्विकार्दै प्रबक्ता डा. गौतमले नागरिकले आफ्नो जिम्मेबारी पालना नगरे पुन सक्रमण पुरानै अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । सबैले आ–आफ्नो दायित्व पुरा गरे नियन्त्रणका लागि सहयोग पुग्ने उहााको भनाई थियो ।  


प्रतिक्रिया