पृथ्वीनारायण शाह नभएका भए हामी नेपाली भन्न नै पाउन्नथ्यौं : रमेश खरेल

पुस २६, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 10 January 2021 | 26 Poush 2076

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने अभियानका अभियन्ता एवं नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले राष्ट्र निर्माता पृथ्वीनारयण शाह नभएको हामीले नेपाली भन्नै नपाउने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै नेपाल सुशासन अभियानका संयोजक समेत रहेका खरेलले नेपाल एकीकरणको जग बसालेर पृथ्वीनारायाण शाहले हामी सबैलाई गुन लगाएको बताउनुभयो ।

पछिल्लो समय मुलुकमा क्रियाशील दलहरुमा राष्ट्रिय भावना हराउँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । अवस्था यही रहे कुनै दिन नेपाल र नेपाली भन्न समेत नपाउने खतरा रहेको उहाँले औल्याउनुभयो । आफूहरु पृथ्वीनारायण शाहको योगदानको प्रशंसक मात्रै रहेको र राजतन्त्रको पक्षमा नरहेको खरेलले स्पष्ट पार्नुभयो । इतिहास कसैले पनि मेट्न नसक्ने भएकाले त्यसको जर्गेना गर्दै राष्ट्रियता अभिवृद्धिका लागि आफूहरु तल्लीन रहेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया