मुलुकको आर्थिक नेतृत्व अव नीजि क्षेत्रले गर्छ : रञ्जित आचार्य

चैत्र १२, २०७७

The Headliners | Journalist Anil | 25 March 2021 | 12 Chaitra 2077

उद्योग वाणिज्य महासंघको स्टार्टअफ एण्ड इनोभेसन समितिका सभापति रञ्जित आचार्यले मुलुकको आर्थिक नेतृत्व अव नीजि क्षेत्रले गर्ने बताउनुभएको छ । सन २०३० भित्रमा मुलुकको अर्थतन्त्रलाई १ खर्व डलर पुर्‍याउने महत्वकांक्षी लक्ष्य निर्धारण गरेको महासंघले रोजगारी सृजना र लगानीलाई पहिलो प्राथमिकतामा राख्ने बताएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै सभापति आचार्यले प्रत्येक वर्ष ४ लाख नयाँ रोजगारी सृजना गरेर आगामी १० वर्षमा २२ लाख पुर्‍याउने बताउनुभयो ।

नविन सोँचमा आधारित साना उद्यमीहरुलाई लक्षित गरेर वित्तिय श्रोत जुटाउन महासंघले भूमिका खेलिरहेको उहाँको भनाई छ ।


प्रतिक्रिया