वायु प्रदुषणको असर कम गर्न स्थानीय तहरुलाई जागरुक बनाउन जरुरी छ : बाबुराम राई

वैशाख ५, २०७८

The Headliners | Journalist Pawan | 18 April 2021 | 05 Baisakh 2078

वातावरण व्यवस्थापन र दिगो विकासको क्षेत्रमा काम गर्ने संस्था नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) का कार्यकारी अध्यक्ष बाबुराम राईले बढ्दो वायु प्रदुषणको असर न्यूनिकरणका लागि स्थानीय तह जागरुक हुनुपर्नेमा जोड दिनु भएको छ। पछिल्लो समय मुलुकभर देखिएको प्रदुषणको कारक डढेलो मात्रै नभए मानव सिर्जित लापरबाही पनि मुख्य रहेको उहाँको भनाइ थियो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले खेतबारीमा पत्कर डढाउने, निर्माण कार्य गर्दा सावधानी नपनाउने र सवारी साधनलाई चुस्त दुरुस्त नराख्दा पनि वायु प्रदुषण बढिरहेको बताउनुभयो ।

काठमाण्डौको मात्रै नभएर मुलुकभरकै हावा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढी प्रदुषित हुँदा यसले जनस्वास्थ्यमा दीर्घकालिन असर पार्ने राईले उल्लेख गर्नुभयो ।

वातावरण प्रदुषिक गर्ने सबै खालका कार्यहरु दण्डनीय बनाउन पनि अबेर भइसकेको उहाँको तर्क थियो । अघिल्लो वर्ष लकडाउनका बेला उपत्यकामा देखिएको स्वच्छतालाई फर्काउन आवश्यक परे सवारी साधनमा जोर बिजोर, विद्युतीय सवारीलाई बढावा र हरियाली बढाउने उपाय खोज्नुपर्ने राईले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया