नेपाल पक्षले अनुशासन पालना गरे प्रधानमन्त्रीले कारबाही फिर्ता लिनुहुन्छ : मोतीलाल दुगड

वैशाख १०, २०७८

The Headliners | Journalist Anil | 23 April 2021 | 10 Baisakh 2078

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच सहमतिको सम्भावना नटरेको दावी गर्नु भएको छ । दुई नेताको बार्तामा मध्यस्तकर्ताको भूमिका निभईरहेका आर्थिक सल्लाहकार दुगडले दुई नेता मिलेर पार्टीलाई निकास दिनुको बिकल्प नभएको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले सहमतिका लागि दुबै पक्ष एक कदम हट्न तयार हुनुपर्ने बतउनुभयो । प्रधानमन्त्री केपी ओली कारवाही फिर्ता गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।


प्रतिक्रिया