अबको संसदीय राजनीतिमा गठबन्धनको विकल्प छैन : प्रा कृष्ण पोखरेल

भाद्र ११, २०७८

The Headliners | Journalist Indralaxmi | 27 August 2021 | 11 Bhadra 2078

राजनीति शास्त्रका प्रा कृष्ण पोखरेलले एमाले विभाजनपछि विकसित पछिल्लो अवस्थामा वाम र लोकतान्त्रिक गठबन्धनको विकल्प नभएको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम ‘द हेडलाइनर्समा’ मा कुराकानी गर्दै पोखरेलले अबको संसदीय राजनीतिमा एक्लो रहेर कुनै दलले सत्ता–राजनीतिमा स्थान बनाउन नसक्ने भएकोले अबको भविष्य गठबन्धन सरकारको मात्रै देखिएको बताउनुभएको हो ।

पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धान्तबाट डग्मगाउँदा अन्तरकलह उत्पन्न भई पार्टी कमजोर मात्रै नभई, विभाजनसम्म पुगेको समेत तर्क गर्नुभयो ।


प्रतिक्रिया