काँग्रेसमा युवा नेतृत्व स्थापित हुने सही समय आएको छ : युवा महाधिवेशन प्रतिनिधिहरु

मंसिर १०, २०७८ | काठमाडौं

नेपाली काँग्रेसका युवा महाधिवेशन प्रतिनिधिहरुले पार्टीमा नेतृत्व हस्तान्तरणको समय आइसकेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै केन्द्रीय सदस्यका आकांक्षीहरु कुन्दनराज काफ्ले र प्रतिमा गौतमले वडा तहदेखि पार्टीमा देखिएको युवा आकर्षणले नयाँ अनुहारलाई पार्टीको नेतृत्व तहमा स्थापित गराएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता काफ्लेले युवा कुनै पनि गुटमा नलागी युवाकै पक्षमा उभिनु पर्नेमा जोड दिनुभयो । त्यस्तै नेता गौतमले अहिले पदाधिकारीमा एउटामात्रै सहमहामन्त्रीमा महिला सुनिश्चित भएपनि अन्य तहमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया