संघीय निजामती ऐन जारी नहुँदा समग्र प्रशासनिक क्षेत्र अस्तव्यस्त भयो : विश्लेषक गोपीनाथ मैनाली

पुस २०, २०७८ | काठमाडौं

सार्वजनिक नीति विश्लेषक गोपीनाथ मैनालीले सरकार र संसद्ले कर्मचारीको स्थायी व्यवस्थापनलाई ख्याल नगर्दा प्रशासनिक क्षेत्र अस्तव्यस्त बनेको बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै मैनालीले यसको नकारात्मक असर स्थानीय तह सञ्चालन र कर्मचारी समायोजन ऐन कार्यान्वयनमा समेत बताउनुभयो । सरकारले निजामती ऐन बनाएर प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको बाटो खुलाउनुपर्ने र समग्र समायोजन प्रक्रियालाई सहज बनाउनुपर्नेमा उहाँको जोड थियो ।


प्रतिक्रिया