गठबन्धन एमालेरहित मुलुक बनाउने प्रपञ्चमा छ : विष्णु रिमाल, उप–महासचिव, नेकपा एमाले

रेडियो कान्तिपुर संवाददाता

माघ १०, २०७८

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तारुढ गठबन्धन एमालेरहित मुलुक बनाउने दुष्प्रयास र प्रपञ्चमा लागेको आरोप लगाउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले आपूm केही नगर्ने र दोष प्रतिपक्षी एमालेलाई लगाउन शुरु गरेबाट गठबन्धनको नियत स्पष्ट भएको बताउनुभयो । लगातार संसद अवरोध गरेको भन्दै सत्तारुढ दलले एमालेलाई दोषारोपण गर्नुको कुनै तुक नभएको उहाँको जिकिर थियो । संसद छलेर अध्यादेश ल्याउने बजेट पास गर्ने लगायतको काम गर्न गठबन्धनलाई अप्ठेरो नहुने तर आफूहरुले राखेको मागमा सभामुख समेतको भूमिका शंकास्पद हुनु आफैंमा दुखद भएको रिमालेको कथन थियो ।

सरकार मुखैमा आएको स्थानीय तहको निर्वाचन कसरी सार्न सकिन्छ भन्ने प्रयासमा लागेबाट ऊ लोकतान्त्रिक विधि र प्रकृयाबाट भाग्न खोजेको स्पष्ट भएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया