दलित समुदायका समस्या समाधानमा विशेष पहल गर्नेछु– विके

वैशाख २५, २०७९

गोरखा नगरमा कृषि आयात शुन्य बनाउँछु – उम्मेदवार देवकोटा

गोरखा नगरपालिकामा कृषि आयात शुन्य गर्दै निर्यात क्षमता विकासमा केन्द्रित हुने नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार सम्झना देवकोटाले बताउनुभएको छ । रेडियो कान्तिपुरको द हेडलाइनर्समा बोल्दै देवकोटाले कृषि प्रोत्साहनले नगरलाई आर्थिक समृद्धि तर्फ डोर्‍याउन मद्धत पुग्ने बताउनुभयो ।

दलित समुदायका समस्या समाधानमा विशेष पहल गर्नेछु– विके

म्याग्दिको रघुगंगा गाउँपालिकामा रहेका दलित समुदायको शिक्षा, स्वास्थ्य तथा खानेपानीको समस्याका निम्ती विषेश पहल गर्ने माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेदवार मिन विकेले बताउनुभएको छ । रेडियो कान्तिपुरको द हेडलाइनर्समा बोल्दै विकेले तत्कालका समस्या समाधानमा बढि केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको छ ।

सुशासन कायम गर्नु प्रमुख दायित्व हो– राजवंशी

झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाली कंग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार फुलवती राजवंशीले अघिल्ला जनप्रतिनिधिले सुरु गरेका कामको पूर्णतामा जोड दिने बताउनुभएको छ । अघिल्लो जनप्रतिनिधिले गौरीगञ्जको विकासका लागी सुरु गरेको नमुना कार्यक्रमहरुलाई निरन्तरता दिंदै सुशासन कायम गर्नु प्रमुख दायित्व रहने बताउनुभएको छ ।


प्रतिक्रिया