बजेट भाषणपछि अर्थमन्त्रीले सबै काम सकिए जस्तो गर्छन : हरि रोका

जेष्ठ २९, २०७९ | kathmandu

आर्थिक विश्लेषक हरि रोकाले बजेट भाषण सकिएपछि अर्थमन्त्री कानमा तेल हालेर बस्ने गरेको आरोप लगाउनुभएको छ । बजेट कार्यन्वयन पाटो असफल हुँदा लक्ष्य अनुसारको आर्थिक समृद्धि हासिल हुन नसकेको रोकाको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै विश्लेषक रोकाले बजेटलाई नागरिकको जिवनस्तर र उत्पादनसंग जोड्न नसक्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको बताउनभयो ।


प्रतिक्रिया