आजका मुख्य समाचार २०८१ फागुन १०

फाल्गुन १०, २०८१ | काठमाडौं

आवश्यकता अनुसार प्रदेशको संख्या थपघट हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ, लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरु हेरफेर हुनसक्ने टिप्पणी

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न गन्तव्य मुलुकबाटै नेपाली कामदारलाई श्रम स्वीकृति दिन शुरु, दुरुपयोग हुन सक्ने भएकाले सजग रहन विज्ञहरुको सुझाव

महाकुम्भमा मेलामा स्नान गरी फर्किरहेको तीर्थयात्री सवार गाडी उत्तर प्रदेशमा दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु, ७ जना घाइते

विभिन्न उद्योगहरुमा वितरण भएको लाईन नकाट्न प्राधिकरणलाई विद्युत नियमन आयोगको निर्देशन, बक्यौता रकमको जाँच गर्ने प्राविधिक समितिको काम सम्पन्न नभएको भनाइ

कागजातविहीन आप्रवासीलाई निष्काशन गर्ने अमेरिकाको तयारी, डेढ दशकबढिको अवधिमा स्वतःस्फूर्त अमेरिकी नागरिकता त्याग्नेको संख्या ४८ हजार भन्दा बढि

सुनसरीमा आयोजित इटहरी गोल्डकप फुटबलको उपाधि मच्छिन्द्र क्लबलाई, फाइनलमा मोरङको सगरमाथा युथ क्लब २—० गोल अन्तरले पराजित


प्रतिक्रिया