आवश्यकता अनुसार प्रदेश घटबढ हुनसक्छः प्रधानमन्त्री ओली

फाल्गुन १०, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकका आवश्यकता अनुसार प्रदेश घटबढ हुनसक्ने दाबी गर्नुभएको छ ।
श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने विषयलाई सामान्य मान्नुपर्ने बताउनुभयो ।
लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने उहाँको भनाई थियो । आफू २०२२ सालबाट आन्दोलनमा लागेको र आफ्नै जीवनकालमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै उहाँले अब त्यस्तो ठूलो राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने भए अहिलेसम्म आफू बाँच्न सम्भव नरहेको जिकिर समेत गर्नुभयो ।