वागमती गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र चर्च व्बाईज खेल्ने

फाल्गुन १०, २०८१ | काठमाडौं

मकवानपुरमा जारी सातौं संस्करणको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ए डिभिजन लिग क्लब मच्छिन्द्र र चर्च व्बाईजबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि यात्रा तय गरेको हो । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनलमा पुगेको थियो ।

सो प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिम सहभागि छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने वागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।  


प्रतिक्रिया