लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक

फाल्गुन १०, २०८१ | काठमाडौं

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने उल्लेख गर्नुभयो । लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकको भनाई थियो । 

उहाँले दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको बताउनुभयो । मन्त्री लेखकले कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया