इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

फाल्गुन १०, २०८१ | काठमाडौं
काठमाडौंको ए डिभिजन लिग क्लब मच्छिन्द्र क्लबले एकै दिन दुईवटा सफलता हात पारेको छ । मच्छिन्द्रले आज सुनसरीमा आयोजित १५ औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ भने मकवानपुरमा आयोजित सातौं संस्करणको बागमती गोल्डकप फुटबलको फाइनलमा समेत प्रवेश गरेको छ ।
मच्छिन्द्र क्लबले आज मोरङको सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै इटहरी गोल्डकपको उपाधि जितेको हो । मच्छिन्द्रका लागि खेलको चौथो मिनेटमा मल्लिक हिसुब र ओमोलाजा नुरेन हरेनले ८५ औं मिनेटमा गोल गरे ।
मच्छिन्द्रले पहिलो सहभागीतामै उपाधि उचालेको हो । मच्छिन्द्रले उपाधिसँगै १० लाख रपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको सगरमाथा युथ क्लबले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।