पाल्पा डायरी

चैत्र १०, २०७९ | पाल्पा

तानसेन नगरपालिकाले अनुदानमा बितरण गरेको मकैको बीउ कुहिएको परेपछि फिर्ता गर्ने किसानको वडा कार्यालयहरुमा लर्को लागेको छ । घरघरमा लगेको बीउ मक्किएको र कुहिएको भेटिएपछि किसान आक्रोशित भएका हुन् । नगरभित्रका समूह र सहकारीमार्फत् ५० प्रतिशत अनुदानमा मकैको बीउ नगरपालिकाले वितरण गरेको सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९, ११ र १२ मा मकैको बीउ वितरण गर्ने कार्यक्रम हो । ७ हजारमध्ये ६ हजार ५ सय मेट्रिक टन मकैको बीउ बितरण गरिसकेको कृषि शाखा प्रमुख नायब सहायक प्राविधिक सरोज तिमिल्सिनाले बताउनुभयो । त्यसमध्ये १ हजार ५ सय किलो बढी मकै कुहिएको र मक्किएको परेको किसानले गुनासो गरेका छन् ।

पाल्पाको माथागढी गाउापालिका–३, कसेनी सराईस्थित दिव्यज्योति नमूना माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई उत्प्रेरणा विकास सम्बन्धि प्रशिक्षण दिइएको छ । विद्यालयलाई नमुना बनाउने अभियान अन्तर्गत शिक्षक विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालय उत्प्रेरणा सम्बन्धि प्रशिक्षण दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले जानकारी दिनुभयो । विद्यालयलार्ई सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीले पूरा गर्नुपर्ने दायित्व, उनीहरूले दैनिक सुधार गर्नुपर्ने आनीबानी, महान् व्यक्तिका जीवनबाट पाइने शिक्षाका बारेमा प्रशिक्षण दिइएको डा. तारा प्रसाद गिरीले बताउनुभयो । प्रशिक्षणमा विद्यालयका कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी, ६ सय बढीको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापाले बताउनुभयो ।

बजार अनुगमन गर्दा पशु सेवा विभागले न्यून गुणस्तरको पुष्टि गरेका भिटामिन र क्याल्सियम पाल्पाका कतिपय स्थानीय तहले किसानलाई निःशुल्क बितरण गरेको पाइएको छ । तिनाउ गाउापालिकाले केही महिनाअघि बजार अनुगमन गर्दा शंका लागेपछि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएका कम्पनीका भिटामिन र क्याल्सियम बितरण गरेको भेटिएको हो । विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएका त्यस्ता भिटामिन र क्याल्सियम एग्रोभेटले पालिकालाई बिक्री गरेको किसानले जनाएका छन् । तिनाउ गाउापालिका पशु शाखामार्फत् तिनाउ–६, डुम्रेस्थित डुम्रे दुग्ध कृषि सहकारी संस्थामार्फत् ७० जना किसानलाई बितरण गरेको भिटामिन र क्याल्सियम पशुसेवा विभागले रिकल गर्न सिफारिस गरेका मध्येका हुन् । गाउापालिकाले १ लाख ९० हजारमा भिटामिन, क्याल्सियम र मिनरल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो ।

पाल्पाको रैनादेवी छहराको सुन्दरढुंगादेखि सालझण्डी जोड्ने सडक अन्तर्गत बल्ढेङगढीको झिमझिमे–जलुके खण्ड कालोपत्रे गर्ने काम तीन वर्षदेखि अघि बढ्न सकेको छैन । जंगलक्षेत्रमा रुख काट्ने अनुमति नलिई ठेक्का भएपछि साढे आठ किलोमिटर कालोपत्रे गर्ने काम अलपत्र परेको हो । रुख कटान गर्न नपाउादा २०७९ साउनमै सकिनुपर्ने योजनाको ३० प्रतिशत पनि काम नभएको सडक पूर्वधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो । रुपन्देहीको सिमानाबाट सुरु कालोपत्रको काम रैनादेवी छहरा–७, बल्ढेङ्गढी जोगदमार क्षेत्रमा रुख कटानको अनुमति नपाएपछि रोकिएको हो । २०७७ जेठ २६ गते सम्झौता भएको सडक निर्माण व्यवसायीले चौडा गर्न पाएको छैन । सडक कालोपत्र गर्न २९ करोड ५१ लाख ६३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 


प्रतिक्रिया