गोरखा डायरी

चैत्र १७, २०७९ | गोरखा

ट्रयाक खुलेको भण्डै १५ वर्ष पछि गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलिटार सडकको स्तरोउन्नती शुरु भएको छ । गोरखा र लमजुङ जिल्ला जोड्ने सडकले दुवै जिल्लाको सामाजिक आर्थिक रुपान्तरण हुने अपेक्षा गरिएको छ । पालुङटार नगरपालिका–१ खोप्लाङस्थित पन्थडिहिबाट लमजुङ साइलिटार सम्मको २० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । स्तारोन्तीको जिम्मा पाएको वुड हिल/लामा जेभीले ग्गत फागुन ११ गते सो ठेक्का सम्झौता गरि काम शुरु गरेको सडक सुधार आयोजना निर्देशनालयका निर्देशक ज्ञानेन्द्र कुमार झाले जानकारी दिनुभयो । ८१ करोड ६१ लाख ६६ हजारमा लागतमा सो सडक ३० महिनाभित्र स्तारोन्नती गरिसक्ने लक्ष्य राखिएको छ ।

२०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको गोरखा दरवार क्षेत्रका पुरातत्वीक र ऐतिहासीक सम्पदाहरुको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । गोरखा दरवारको पुननिर्माण सकिएसँगै गोरखा कालिका मन्दिर र रंगमहलको प्रवलिकरण (रेक्ट्रोफिटिङ) कोकाम ८५ प्रतिशत सकिएको छ । गोरखा दरवार सगैको परिसरमा रहेको गोरखा कालिका मन्दिर जिर्ण बने पनि भूकम्प गएको ६ वर्ष पछि मर्मत शुरु भएको थियो । तत्कालिन शाहवंशिय राजाहरुले कुलदेवताको रुपमा मान्दै आएको गोरखा कालिका मन्दिरको पुर्वी र दक्षिण भाग भूकम्पका कारण चर्किएको थियो । आगामी असार १५ गते सम्ममा कालिका मन्दिर मर्मतको काम सक्ने गरि ठेक्का लागेको बताइएको छ । १ करोड ९५ लाख ६५ हजार दुइ सय ९७ रुपैयाँको लागतमा कालिका मन्दिरमा रेक्ट्रोफिटिङको काम थालिएको थियो ।

भिमसेन थापा र आरुघाट गाउँपालिकामा ‘पशुहरुमा पूर्ण खोप कार्यक्रम’ शुरु भएको छ । एक महिना सम्म चल्ने अभियानमा पशुलाई पूर्ण खोप अभियान अन्तरगत गाई, भैसी, वगुर, बाख्रा, कुकुर र विरालोलाई खोप दिइने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी लालमणी अर्यालले जानकारी दिनुभयो । खोप कार्यक्रम संचालन अघि कार्यालयले गणक खटाएर पशुको सर्वेक्षण गरेको थियो । यी दुई पालिकामा खोप कार्यक्रम सम्पन्न भएपछि पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकामा शुरु गर्ने तयारी रहेको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष कार्यालयले तिन पालिकामा सो खोप कार्यक्रम लागू गरेको थियो ।

गोरखाको शहिद लखन गाउँपालिका–९ वुंकोटघाटमा भएको भिमविरेश्वर महादेव अध्यात्मिक महोत्सव तथा श्रीमदभागवत सप्ताह महायज्ञबाट ९३ लाख ९४ हजार ३४ रुपैयाँ संकलन भएको छ । बुढीगण्डकी डुवानमा पर्ने भिमविरेश्वर महादेव मन्दिरको स्थानान्तरणका लागि जग्गा खरिद गर्ने उद्देश्यले गत फागुन अन्तिम साताबाट शुरु भएको महायज्ञबाट खर्च कटाएर ५४ लाख १८ हजार रुपैयाँ बचत भएको महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक सुरेन्द्र थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया