धितोपत्र बजारमा २ अर्ब बढीको कारोबार

माघ ५, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज २ अर्ब बढीको कारोबार भएको छ । कारोबार हुने साताको पहिलो दिन २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९ सय १७ रुपैयाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

यो कारोबार भएको अन्तिम दिन गत विहीबारभन्दा ३९ करोड बढीले धेरै हो । विहीबार १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ६१ लाख ३१ हजार ४ सय १८ कित्ता शेयर कारोबार भयो । रकमसंगै बजार परिसूचक नेप्से पनि ३३ दशमलव ४३ अंकले बढेर १ हजार ३ सय ४३ दशमलव ६५ अंकमा पुगेको छ । 

व्यापारवाहेक कारोबार भएको अन्य सबै समुहको उपसूचकमा सुधार आएपछि समग्र बजार प्रभावित भएको स्टक एक्स्चेञ्जले जनाएको छ ।


प्रतिक्रिया