सुन हालसम्मकै महङ्गो

फाल्गुन ७, २०७६ | काठमाडौं

सुन आज हालसम्मकै महङ्गो भएको छ । प्रतितोला ४ सय रुपैयाँले बढेर सुनले आज नयाँ रेकर्ड कायम गरेको हो । सुन प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो सुनको मुल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि हिजोको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर ९ सय ५ रुपैयाँ पुगेको छ । 

यसअघि गत आईतबार बजार खुल्दा सुनको मुल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ थियो । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले सुन बजार समेत प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । 

महासंघका अनुसार विश्वकै दोश्रो ठूलो अर्थतन्त्र भएको चीन, झण्डै २ महिनायता कोरोना संक्रमणसंग जुझिरहेका कारण त्यहाँको उद्योगधन्दा, व्यापार व्यवसायलगायत सम्पूर्ण अर्थतन्त्रमै परेको प्रभावको असर पहेलो धातुमा पनि परेको हो । 


प्रतिक्रिया