प्रदेश १ प्रदेश सभाको बजेट अधिवेशन जेठ १४ गतेबाट

जेष्ठ ६, २०७७ | विरानटगर

प्रदेश १ को प्रदेश सभाको ५ औं तथा बजेट अधिबेशन जेठ १४ गतेदेखि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले जेठ १४ गते २ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । 

प्रदेशसभा हल साँघुरो भएकाले व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्न प्रदेशसभा भवनको पहिलो तल्लाको हलमा प्रोजेक्टर राखेर समेत सांसदहरुको बसाई व्यवस्थापन गरिने प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो । 

पत्रकारका लागि मिडिया सेन्टर र आगन्तुकलगायतका लागि प्रदेशसभा भवनको दोस्रो तल्लामा प्रोजेक्टर राखेर बसाई व्यवस्थापन गर्ने पराजुलीले जानकारी दिनुभयो । प्रदेश सभा अघि सांसद, कर्मचारी, पत्रकारलगायतलाई जेठ ८ गतेदेखि १० गतेसम्ममा स्वाब परीक्षण गराइने तयारी सचिवालयको छ । 

प्रदेशसभाको मूल गेटमा स्वाब परीक्षणको रिपोर्ट देखाएपछि मात्रै प्रवेश गर्न पाउने व्यवस्था गर्ने पराजुलीले बताउनुभयो । 


प्रतिक्रिया