विपद व्यवस्थापनका लागि जापानले एक अर्ब बढी सहयोग गर्ने

जेष्ठ १२, २०७७ | काठमाडौं

जापान सरकारले नेपालको विपद ब्यवस्थापनका लागि एक अर्ब भन्दा बढी आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । नेपालका लागी जापानका राजदुत साइगो मासामिचि र अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाका सचिवले कार्यान्वयन पत्रमा हस्ताक्षर गर्नुभएको जापानी राजदुतावासले जनाएको छ । 

जापान सहयोग नियोग जाइका र अर्थमन्त्रालयले संयुक्त रुपमा १ अर्ब ३१ करोड ९९ लाख रुपैया परिचालनमा समन्वय गर्नेछन् । भुकम्प, बाढि, पहिरो लगायतका प्राकृतिक विपदका घटनाको जोखिम न्युनिकरण तथा पूर्व सुचना सम्बन्धी प्रविधि जडानमा सो रकम खर्च गरिनेछ । 

 नेपाललाई विपद ब्यवस्थापनमा सशस्त मुलुक बनाउन जापान सरकार प्रतिबद्ध रहेको दुतावासले उल्लेख गरेको छ । डिजिटर एलिभेसन मोडल र अर्थाेफोटो प्रविधिले बाढिको जोखिम न्युनिकरण सहित जोखिमको चित्र कोर्न सहयोग गर्नेछ । 


प्रतिक्रिया