सोमबार नेप्से ३३ अंकले उकालो लाग्यो

असार २२, २०७७ | काठमाडौं

सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से उल्लेख्य अंकले बढेको छ । नेप्से आज ३३ दशमलव २७ अंकले बढेर एक हजार २ सय ९८ दशमलव ७३ बिन्दुमा पुगेको छ । 

सोमबार नेप्सेमा उल्लेख्य सुधार देखिएपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँले कमी आएको छ । नेप्सेमा हिजो एक अर्ब ३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

कारोबार भएका म्युचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक २ सय ७४ दशमलव ४ अंकले बढेको छ । 

यस्तै, जीवन बीमाको २ सय ६६ दशमलव ४३, लघुवित्तको ८४ दशमलव ११, होटलको ७४ दशमलव ६७ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक ४५ दशमलव २३ अंकले उकालो लागेको छ ।

नेप्सेमा सोमबार कुल १ सय ७६ कम्पनीका १७ हजार ३ सय ८४ कारोबारबाट २७ लाख ३१ हजार ४ सय ९८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया