क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही गरिने : राष्ट्र बैंक

माघ ९, २०७८ | काठमाडौं

राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी सम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । 

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानूनी रहेको जनाएको छ । त्यसरी कारोबार गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको हो । 

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ । 


प्रतिक्रिया