सरकारको नीतिले स्वदेशी उद्योगलाई दीर्घकालीन असर पर्छ : वनस्पती घ्यू तेल उत्पादक संघ

जेष्ठ २२, २०७९ | काठमाडौं

नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले सरकारको नीतिले स्वदेशी उद्योगहरुलाई दीर्घकालीन असर पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

 भारतबाट उत्पादन भएको सामग्रीले नेपाली उत्पादनमा बाधा पर्ने अवस्था भएकाले कच्चा पदार्थमा लागएको भन्न्सार दर शुन्य प्रतिशत हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनु भयो ।

 भारतले उपभोक्ताहरुलाई राहत दिन खाने तेलको भन्सार महसुल शुन्य प्रतिशतमा झारेपछि खुल्ला सिमानाबाट चोरी पैठारी गरी नेपाली बजारमा अनाधिकृत रुपमा भारतीय तेल देखिने थालेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्जीव अग्रवालले बताउनुभयो । उपभोक्तालाई प्रत्यक्ष रुपमा राहत दिन खाने तेलको महशुल दर कम गर्नु पर्ने संघको माग छ । 



प्रतिक्रिया