कृषि सामग्री कम्पनीले ल्यायो २ हजार ५ सय मेट्रिक टन मल

आश्विन ४, २०७९

कृषि सामग्री कम्पनीले पछिल्लो २ हजार ५ सय मेट्रिक टन डीएपी मल भित्र्याएको छ । उक्त परिमाणको मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ । कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले गहुँ बाली सिजनका लागि उक्त मल ल्याइएको जानकारी दिनुभयो ।

 ग्लोबल टेन्डरबाट ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले जोर्डनबाट उक्त मल खरिद गरी ल्याएको हो । कम्पनीका अनुसार वीरगन्ज प्रादेशिक कार्यालयका लागि ८ हजार र भैरहवा प्रादेशिक कार्यालयका लागि ७ हजार मेट्रिक टन मल ल्याउने तयारी भएको छ । कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयले मधेस, वाग्मती र गण्डकी प्रदेशका १६ जिल्लामा मल आपूर्ति गर्दै आएको छ । 


प्रतिक्रिया