तीन दशक बन्द कृषि औजार कारखाना पुन: सञ्चालन हुने

आश्विन १२, २०७९

वीरगञ्जस्थित तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना पुन: सञ्चालन हुने भएको छ । अर्थ मन्त्रालयका सहसचिव रमेश केसी र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखाना पुन: सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको मन्त्रालयले जनाएको छ । 

गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकले सो कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालन सम्झौता गरेको हो । आविष्कार केन्द्रले १० वर्षसम्म सो कारखाना सञ्चालन गर्ने जिम्मा पाएको छ । 


प्रतिक्रिया