पाल्पाबाट बरामद मल राजश्व अनुसन्धानको नियन्त्रणमा

जेष्ठ ३०, २०८० | पाल्पा

पाल्पाको रामपुर नगरपालिका–५, बेझाडबाट बरामद ६ सय ४९ बोरा रासायनिक मल बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । गत शनिबार प्रहरीले बरामद गरेको रासायनिक मलको बिल, कागजपत्र र भण्डारण गरेका व्यक्ति समेत फेला नपरेपछि राजश्व कार्यालयले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघ लगायतको रोहबरमा सो मल बुटवल पठाइएको हो । पश्चिम नवलपरासीको रामग्रामबाट पाल्पा ल्याउँदै गर्दा ३ सय ७२ बोरा रासायनिक मल सहितको ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको प्रहरीले जनाएको छ । त्यसैको आधारमा अनुगमन गर्ने क्रममा रामपुर–५, बेझाँडस्थित एक घरमा भण्डारण गरी राखिएको अवस्थामा सो परिमाण बराबरको मल भेटिएको हो । 


प्रतिक्रिया