नेपालगन्ज विमानस्थलमा डिजिटल प्रणाली

असार १९, २०८० | नेपालगन्ज

नेपालगन्ज विमानस्थलमा मौसमी जानकारी दिन डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सो प्रणाली सञ्चालनमा ल्याइएको हो ।

नेपालगन्जलाई केन्द्रमा राख्दै विभिन्न गन्तव्यका उडान अघि मौसमी जानकारी दिनका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । उहाँका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० स्थानको मौसमी जानकारी लिन सकिने छ ।


प्रतिक्रिया