असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन हुने

आश्विन ९, २०८० | काठमाडौं
दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि ४३ जिल्लामा सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । आगामी मंसिर ३ गते सम्म ती जिल्लाका ४८ स्थानमा सहुलियत पसलहरु सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द« ठाकुरले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् । ठाकुरका अनुसार अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तर कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु विक्रि गरिनेछ । सहुलियत पसलमा चामल, दाल, गहुँ, पिठो, मैदा, तेल, गेडागुडी लगायत सामग्रीको विक्रि हुनेछ ।