सिप्रदी ट्रेडिङ्ग प्रालिद्वारा एक्सचेन्ज उत्सवको घोषणा

चैत्र २८, २०८१ | काठमाडौं

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८२ अवसरमा एक्सचेन्ज उत्सवको घोषणा गरेको छ ।

 भोलिदेखि वैशाख २ गतेसम्म सञ्चालन योजना अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो लगायत गाडी साट्न मिल्ने कम्पनीले जनाएको छ ।

 कम्पनीका अनुसार पुरानो गाडी साटी टाटाको नयाँ इभी खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरी गाडीहरु किन्न पाउने भएका छन् । 

हरेक बुकिङ्गमा लाइफ टाइम निःशुल्क चार्जिंङ्ग, जडानसहित निःशुल्क चार्जिंङ्ग बक्स लगायत उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया