सुनचाँदीको मुल्यमा वृद्धि

चैत्र २९, २०८१ | काठमाडौं
पछिल्लो समय लगातार उकालो लागि रहेको सुनको भाउ आज पनि बढेको छ ।
सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो।
कारोबार हुने साताको अन्तिम दिन आज सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेसँगै फेरि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
हिजो तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ।
चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीहिजो एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।