सामसङको ग्यालेक्सी एस–२५ अल्ट्रा नेपाली बजारमा

वैशाख ३, २०८२ | काठमाडौं
सामसङले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर सामसङ नेपालले ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा ल्याएको हो ।
सामसङले एक विज्ञप्ति जारी गर्दै अद्भूत १ टीबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा बजारमा ल्याएको जानकारी दिएको हो । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टीबीको विशाल स्टोरेज, एडभान्सड ग्यालेक्सी एआई फिचर र सहज मल्टिटास्किङ क्षमता भएको कम्पनीले उल्लेख गरेको छ ।
सो फोनमा भएको विशाल स्टोरेजले फोटो तथा भिडियो, एप र फाइल सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । नेपालमा ग्यालेक्सी एस २५ अल्ट्रामा १२ जीबी र्याम र १ टीबी स्टोरेजको रहेको मोबाइलको मूल्य दुई लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यसको एआई–फर्स्ट वन यूआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यो मोडेल टाइटानियम सिल्भर ब्लु, टाइटानियम ग्रे रङमा उपलब्ध छ । यो नयाँ भेरिएन्त बैशाख ४ देखि देशभरिका सामसङका आधिकारिक स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकले सजिलो किस्ताबन्दी योजनाको साथ शून्य प्रतिशत ब्याजमा ग्यालेक्सी एस २५ अल्ट्रा १ टीबी मासिक ११ हजार ७५० रुपैयाँ इएमआई मार्फत प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइने कम्पनीले जनाएको छ । पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस २५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको छ ।